बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नवलपुर टुडे

सारांश
- पर्साको पकाहाँ मैनपुरमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालकको मृत्यु भएपछि प्रहरीले पटाकामा कडाइ गरेको छ।
- तिहार र छठ पर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रबाट हुने पटाकाको अवैध ओसारपसार, बिक्री वितरण र प्रयोग रोक्न विशेष निगरानी बढाइएको छ।
- प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्मै गस्तीलाई सक्रिय बनाउँदै पटाका र विस्फोटक पदार्थ प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

वीरगञ्ज । यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ ।
जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालकको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो ।
जिल्ला पहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनको निगरानी र नियन्त्रण संयन्त्र कार्यलाई सक्रिय बनाएको छ । त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ ।
प्रहरीले यसअघि पनि चाड पर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटक–पटक अनुरोध गरेको थियो ।

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी
अरुपनि पढ्नुहोस
सबै
प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण
















