राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

नवलपुर टुडे

सारांश
- पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भई एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको छ।
- नदी नियन्त्रणका लागि दाङ र बाँके खण्डमा हालसम्म एक अर्ब २२ करोड १० लाख रुपैयाँभन्दा बढीका ठेक्काहरूको काम सम्पन्न भइसकेको छ।
- बाढीबाट खेतीयोग्य जमिन र बस्ती बचाउन भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण गरिएको छ भने भविष्यमा कुल २३ किलोमिटर पुर्याउने लक्ष्य छ।

दाङ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ ।
जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए । उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किलोमिटर लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको हो ।
गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ । पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ । प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन् ।
हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ । लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ ।
त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा रु चार करोड १५ लाख २५ हजारको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा रु ८२ लाख ४२ हजार ९२ को ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ । भविष्यमा कूल २३ किलोमिटर तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू

व्यावसायिक सयपत्री फूल खेतीको सफलता :- व्यावसायिक फूल खेती र शानदार बजार

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज
अरुपनि पढ्नुहोस
सबै
जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
















