काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

रासस

सारांश
- पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
- चालु आर्थिक वर्षको असोज महिनामा ४९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको चिया निर्यात भई आम्दानी लगभग दोब्बर भएको छ।
- चियासँगै यस नाकाबाट अलैँची र प्लाइउडको निर्यात पनि उच्च मात्रामा हुने गरेको छ।

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने रु २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ ।
काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा रु ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र रु ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।
पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ ।

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
अरुपनि पढ्नुहोस
सबै
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हराउँदै देउसीभैलोका रैथाने भाका, पश्चिमा शैली र ठूला स्पिकर हाबी

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
















