ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी

एजेन्सी

सारांश
- मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन्।
- कङ्ग्रेसमा बहुमत पाएका डेमोक्रेटहरूले ट्रम्प प्रशासनका उच्च अधिकारीहरूमाथि विभिन्न विषयमा अनुसन्धान अघि बढाउने र महाभियोग लगाउने चेतावनी दिएका छन्।
- ट्रम्पले कडा आप्रवासन नीतिको योजनाकार स्टीफन मिलरलाई नयाँ चिफ अफ स्टाफमा नियुक्त गर्दै आफ्ना अधिकारीहरूको बचाउ गर्ने बताएका छन्।

काठमाडाैँ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन्। निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ।
कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान गर्न सक्नेछन् । उनीहरूले अधिकारीहरूलाई बयानका लागि बोलाउन र सार्वजनिक सुनुवाइ गर्न पनि पाउनेछन्।
यसैबिच ट्रम्पले कडा आप्रवासन नीतिका योजनाकार स्टीफन मिलरलाई नयाँ चिफ अफ स्टाफ नियुक्त गर्नुभएको छ । उपराष्ट्रपति जेडी भान्ससहित केही रिपब्लिकन नेताहरूले भने निर्वाचनमा पार्टीको पराजयको कारण समीक्षा गर्नुपर्ने बताएका छन्।
डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले इरान युद्ध सञ्चालनमा लापरबाही गरेको र राष्ट्रिय सुरक्षा कमजोर बनाएको आरोप लगाउँदै रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गर्नुभएको छ । ट्रम्पले भने हेगसेथको बचाउ गर्दै भेनेजुएला र इरानसँगका युद्धमा अमेरिकाले सफलता हासिल गरेको दाबी गरेका छन्।
महान्यायाधिवक्ता टोड ब्लान्चेले प्रशासनका अधिकारीमाथि अनुसन्धान वा कारबाहीको प्रयास भए न्याय मन्त्रालयले उनीहरूको बचाउ गर्ने बताए। तर, प्रतिनिधिसभाको निगरानी समितिका वरिष्ठ डेमोक्रेटिक सदस्य रोबर्ट गार्सियाले कार्यकारी शाखालाई जवाफदेही बनाउनु कङ्ग्रेसको संवैधानिक जिम्मेवारी भएको बताउँदै भ्रष्टाचार र अमेरिकी जनताविरुद्धका अपराधको अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
अरुपनि पढ्नुहोस
सबै
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
















