Opens in a new tab

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

नवलपुर टुडे

590Shares

सारांश

  • बागलुङमा दुई वर्षमा सम्पन्न गर्ने भनिएको हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडक चार वर्ष बितिसक्दा पनि कालोपत्र हुन सकेको छैन।
  • वल्डवाइड तथा लोपूर्ण जेभी निर्माण कम्पनीले जिम्मा लिएको २५ करोड २० लाख रुपैयाँको यस सडकको काम समयमै नभएपछि स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका छन्।
  • निर्धारित समयसीमा नाघेपछि असन्तुष्ट स्थानीय बासिन्दाले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलन तथा विरोधका कार्यक्रमहरू समेत गरेका छन्।
dida bag ad

बागलुङ । बागलुङमा दुई वर्षभित्र कालोपत्र सक्नेगरी निर्माण थालिएको एक रणनैतिक सडक चार वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सडक डिभिजन कार्यालय बागलुङका अनुसार हरिचौर–मल्म–पाण्डवखानी सडक अझै कालोपत्र हुन सकेको छैन।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत पर्ने यो सडकखण्ड समयमै निर्माण नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ। स्थानीयको निरन्तर खबरदारी र जनगुनासोलाई बेवास्ता गरिएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताएका छन्। उनले भनेका छन्, ‘सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भयो।’

उक्त सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको थियो। सडक निर्माणको जिम्मा वल्डवाइड तथा लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो। समयमा काम नभएपछि असन्तुष्ट स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलन समेत गरेका थिए।

विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा यो सडकका लागि ठेक्का सम्झौता गरिएको थियो। तोकिएको समयसीमा नाघिसक्दासमेत काम पूरा नभएपछि नागरिकस्तरबाट विरोधका कार्यक्रमसमेत हुँदै आएका छन्।

अरुपनि पढ्नुहोस

सबै