Opens in a new tab

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

अशोक यादव

399Shares

सारांश

  • रौतहटको गौरस्थित ऐतिहासिक बरहवा ताल क्षेत्रमा नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा १०८ कन्याको सहभागितामा भव्य कलश यात्रा निकालिएको छ।
  • उक्त मन्दिर निर्माणको सम्पूर्ण खर्च गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजय कुमार गुप्ताले आफ्नो निजी लगानीबाट बेहोर्दै आफ्नो हजुरबुवाको सपना पूरा गर्नुभएको छ।
  • कार्तिक २६ गते हुने मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रमले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
dida bag ad

रौतहट, कार्तिक २४ । रौतहटको गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा ताल यतिबेला धार्मिक उत्सवले झकिझकाउ बनेको छ। नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा समारोहलाई लक्षित गर्दै मंगलबार निकालिएको भव्य कलश यात्राले बरहवा ताल क्षेत्रलाई भक्तिमय बनाएको छ।

१०८ जना कन्या कुमारीको सहभागितामा निकालिएको कलश यात्रामा हात्ती, घोडा, स्थानीय पञ्चेबाजा, धार्मिक झाँकी र श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। बरहवा तालबाट सुरु भएको यात्रा टिकुलियास्थित लालबकैया नदीसम्म पुगेर वैदिक विधिअनुसार जल भरण तथा पूजाअर्चनासहित सम्पन्न भएको थियो।

धार्मिक परम्परा, वैदिक मन्त्र तथा बाजागाजासहित सम्पन्न कलश यात्राले गौर क्षेत्रमा धार्मिक उत्साह थपेको छ। आगामी कार्तिक २६ गते बिहीबार हुने मन्दिरको प्राणप्रतिष्ठा तथा उद्घाटन समारोहको तयारीसमेत तीव्र पारिएको छ।

हजुरबुवाको सपना नातिले पूरा गर्दै

नवनिर्मित सूर्य तथा बराह मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण खर्च गौर नगरपालिकाका पूर्वनगर प्रमुख एवं नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले निजी लगानीबाट व्यहोरेका हुन्।

गुप्ताका अनुसार बरहवा ताललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सपना उनका हजुरबुवाले देखेका थिए। हजुरबुवाको जीवनकालमा पूरा हुन नसकेको उक्त धार्मिक संकल्पलाई निरन्तरता दिँदै आफूले मन्दिर निर्माण सम्पन्न गराउन पाउँदा गौरव महसुस भएको उनले बताएका छन्।

उनले बरहवा ताललाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्र बनाउने दीर्घकालीन सोच रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

विशेष विधिबाट प्राणप्रतिष्ठा

मन्दिर प्राणप्रतिष्ठा समारोहअन्तर्गत हिन्दू धर्मशास्त्र र वैदिक परम्पराअनुसार विभिन्न पूजाअर्चना, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

कार्तिक २६ गते बिहीबार विशेष धार्मिक विधिबाट सूर्य भगवान् तथा बराह भगवान्को मूर्ति प्राणप्रतिष्ठा, मन्दिर उद्घाटन र मुख्य यज्ञ सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उक्त समारोहमा पूर्वनगर प्रमुख गुप्ता मुख्य यजमानका रूपमा सहभागी हुनेछन्।
आयोजकका अनुसार आकर्षक संरचनासहित निर्माण गरिएको सूर्य तथा बराह मन्दिरले गौरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

धार्मिक पर्यटनको नयाँ सम्भावना
बरहवा ताललाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

मन्दिर निर्माण र प्राणप्रतिष्ठाले धार्मिक आस्थाको संरक्षणसँगै मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भाव प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पूर्वनगर प्रमुख गुप्ताले प्राणप्रतिष्ठा समारोहलाई एउटा मन्दिरको उद्घाटनमा मात्र सीमित नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्था, संस्कृति, परम्परा र सामूहिक एकताको उत्सवका रूपमा व्याख्या गरेका छन्।

उनले कार्तिक २६ गते बिहीबार आयोजना हुने विशेष समारोहमा नगरवासी, जिल्लावासी, शुभेच्छुक तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन्।

१०८ कन्याको कलश यात्राबाट सुरु भएको धार्मिक उत्सवले बरहवा तालको पहिचानलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। अब बिहीबार हुने प्राणप्रतिष्ठापछि सूर्य तथा बराह मन्दिर गौरको धार्मिक आस्था र आन्तरिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास गरिएको छ।

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे

साढे तीन लाखका पटका बरामद

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे