Opens in a new tab

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्‍याली

रासस

295Shares

सारांश

  • कपिलवस्तुको तौलिहवामा नेपाल संवत् ११४७ को अवसरमा नेवाः खलको अगुवाइमा झाँकीसहितको र्‍याली निकालिएको छ।
  • आनन्दबागबाट सुरु भएको उक्त र्‍यालीले तौलिहवा बजारको परिक्रमा गरेको थियो जसमा सहभागीहरू नेवारी पहिरनमा सजिएका थिए।
  • कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नै आत्मालाई पुज्दै म्हःपूजा पर्व मनाउँदैछन्।
dida bag ad

कपिलवस्तु। नेपाल संवत् ११४७ को अवसरमा कपिलवस्तुको तौलिहवामा खुसीयालीस्वरुप र्‍याली प्रर्दशन गरिएको छ।

नेवाः खल कपिलवस्तुको अगुवाइमा निकालिएको र्यालीले आनन्दबागदेखि तौलिहवा बजारको परिक्रमा गरेको थियो। नेवारी पोशाकको पहिरनमा र्याली निकालिएको थियो। शङ्खधर साख्वाले चलाएको नेपाल संवत् सबै नेपालीहरूको रहेको खलका अध्यक्ष हेमन्त श्रेष्ठले बताए।

त्यसैगरी, कात्तिक शुक्ल प्रतिपदाका दिन मङ्गलबार नेवार समुदायमा म्हःपूजा पनि गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हःपूजा गर्ने गर्छन्।

मानिसको आत्मा नै ठूलो र महत्त्वपूर्ण भएकाले म्हःपूजा (आत्मपूजा) गर्ने परम्परा शास्त्रीय भएको सिद्धार्थ शाक्यको भनाइ छ।

अरुपनि पढ्नुहोस

सबै