महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

एजेन्सी

सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाबमा परेका युद्धमन्त्री पीट हेग्सेथको दृढ बचाउ गरेका छन्।
- रिपब्लिकन सांसद थोमस म्यासीले कार्यकारी अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै हेग्सेथविरुद्ध महाभियोग प्रस्ताव पेस गरेका छन्।
- ट्रम्पले हेग्सेथमाथिको आक्रमण अनुचित भएको बताएका छन् भने यस विषयमा हेग्सेthले पेन्टागनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने बताएका छन्।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्।
उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरेका हुन् ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गरे। उनले भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गराए। इराक र अफगानिस्तान युद्ध सञ्चालन गर्ने नेतृत्वमाथि महाभियोग नलगाइएको भन्दै हेग्सेथलाई मात्रै निशाना बनाउनु अनुचित भएको तर्क उनले गरे।
केन्टकीका सांसद म्यासीले हेग्सेथमाथि कार्यकारी अधिकारको दुरुपयोग र इरानसँग युद्ध सुरु गर्न गैरकानूनी आदेश कार्यान्वयन गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव पेस गरेका थिए। सदनको नियमअनुसार प्रस्तावमाथि बुधबारसम्म प्रक्रियागत मतदान हुनुपर्नेछ।
यसैबीच हेग्सेथले मङ्गलबार पेन्टागनमा पत्रकार सम्मेलन गरी महाभियोग प्रस्तावबारे धारणा सार्वजनिक गर्ने बताएका छन्। ट्रम्पले इरानको आणविक पूर्वाधार ध्वस्त पारेर आणविक क्षमता हासिल गर्नबाट रोकिएको र अमेरिकी कारबाहीले इजरायल तथा मध्यपूर्वको सुरक्षा गरेको दाबी गरेका छन्।
सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले पनि हेग्सेथविरुद्धको महाभियोग पहललाई समर्थन गरेका छन्।

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
अरुपनि पढ्नुहोस
सबै
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
















