साढे तीन लाखका पटका बरामद

नवलपुर टुडे

सारांश
- पर्सा जिल्लामा प्रहरीले गत चार दिनको अवधिमा करिब तीन लाख ५० हजार रुपैयाँबराबरका अवैध पटाका तथा आतिशबाजीजन्य पदार्थ बरामद गरेको छ।
- पकाहाँ मैनपुर गाउँपालिकामा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालकको मृत्यु भएपछि प्रहरीले यसको कारोबारमा थप कडाइ गरेको छ।
- प्रहरीले विस्फोटक पदार्थले जनधनको क्षति र प्रदूषण निम्त्याउने भएकाले पटाकाको प्रयोग नगर्न र सुरक्षित रूपमा चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पर्सा । प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २१ गतेदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ नियन्त्रणमा लिई बरामद गरेको हो ।
साथै पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
उनले भने, “पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थको प्रयोगले जनधनको क्षति आगलागी र वातावरण प्रदूषणजस्ता समस्या सिर्जना गर्ने भएकाले पटाका आतिशजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिन्छ।”
प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराई सम्भावित जोखिमबाट बचेर सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
सोमबारमात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको छ ।
कुन्दनको मृत्युपछि प्रहरीले उक्त पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । सीमावर्ती क्षेत्रमा हुने पटाकाको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी गस्ती तथा निगरानीलाई प्रभावकारी बनाइएको छ ।
प्रहरीले यसअघि असोज २६ गते चाडपर्वको समयमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन अनुरोध गरेको थियो ।

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक
अरुपनि पढ्नुहोस
सबै
जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
















