आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

रासस

सारांश
- जुम्लाको गुठिचौर गाउँपालिकामा रहेको चार हजार ८६० मिटर उचाइको आकासे ताल प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाका कारण आन्तरिक पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ।
- दसैँ–तिहारको विदामा हिमाली मनोरञ्जन लिन आउने पर्यटकहरूको दैनिक रूपमा बाक्लो उपस्थिति रहने गरेको छ भने यसको प्रचारप्रसार गर्न वृत्तचित्र निर्माणसमेत गरिन थालेको छ।
- मौरेसम्म सडक सञ्जाल जोकिएको र त्यहाँबाट तीन किलोमिटर पदयात्रा गर्नुपर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि व्यवस्थित पदमार्ग र पूर्वाधार निर्माण गर्न बजेटको आवश्यकता रहेको छ।

जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ। तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।
समुद्री सतहदेखि चार हजार ८६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार २८० मिटरमा फैलिएको छ। उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ । ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ।
उक्त ताल हिमालको काखमा रहेकाले त्यसमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको त्यहाँ पुगेका तिला गाउँपालिका–१ दलबहादुर परियारले बताए।
पछिल्लो ताल नजिकसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म सडक निर्माण गरिएको छ। सडक पुगेको स्थानबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदयात्र गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा सहजताका लागि व्यवस्थित पदमार्ग निर्माण गर्न बजेटको आवश्यकता परेको वडा कार्यालयले जनाएको छ।
पछिल्लो समय तालको अवलोकन, घुमघाम, श्रव्यदृश्य अवलोकन तथा वृत्तचित्र निर्माण गर्नेलगायत प्रयोजनका लागि दैनिक चारदखि पाँच समूहमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको स्थानीयवासी दीपक बोहोरा बताउँछन्।


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार
अरुपनि पढ्नुहोस
सबै
ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
















