Opens in a new tab

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे

329Shares

सारांश

  • देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
  • हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने विभागले जनाएको छ।
dida bag ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।