Opens in a new tab

दीपावलीमा पनि सेवामा खटिए कृष्णनगरका विद्युत् कर्मचारी, नागरिकको घर उज्यालो बनाउन दिनरात सक्रिय

नन्द किशोर कुर्मी (लालु)

325Shares

सारांश

  • कपिलवस्तुको कृष्णनगरमा दीपावलीको समयमा पनि विद्युत् कर्मचारीहरू नागरिकको घर–आँगन उज्यालो बनाउन सेवामा खटिएका छन्।
  • कार्यालय प्रमुख तिरलोचन भट्टराईको नेतृत्वमा कर्मचारीहरूले चाडपर्वमा विद्युत् आपूर्ति नियमित राख्न र समस्या समाधान गर्न दिनरात काम गरिरहेका छन्।
  • चाडपर्वको खुसी छोडेर नागरिकलाई निरन्तर विद्युत् सेवा उपलब्ध गराएको भन्दै स्थानीयस्तरबाट यी कर्मचारीहरूको उच्च प्रशंसा गरिएको छ।
dida bag ad

कपिलवस्तु । दीपावलीको पर्वमा सर्वसाधारण आफ्नो परिवारसँग खुसी साटासाट गरिरहेका बेला कृष्णनगरका विद्युत् कर्मचारीहरू भने नागरिकको घर–आँगन उज्यालो बनाउन दिनरात नभनी सेवामा खटिएका छन्।

चाडपर्वका समयमा विद्युत् आपूर्ति नियमित राख्न तथा सम्भावित समस्या समाधान गर्न कार्यालय प्रमुख तिरलोचन भट्टराईको नेतृत्वमा विद्युत् कर्मचारीहरू कार्यक्षेत्रमा सक्रिय रहेका छन्।

आफ्नो परिवारसँग चाडपर्व मनाउने समयसमेत सेवामा समर्पित गर्दै नागरिकलाई निरन्तर विद्युत् सेवा उपलब्ध गराउन खटिएका कर्मचारीहरूको मेहनत र जिम्मेवारीप्रति स्थानीयस्तरबाट प्रशंसा गरिएको छ।

दीपावलीको उज्यालोमा विद्युत् कर्मचारीहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। नागरिकको घरमा उज्यालो पुर्‍याउन चाडपर्वमा समेत खटिने कार्यालय प्रमुख भट्टराईसहित सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद।

अरुपनि पढ्नुहोस

सबै