दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

रासस

सारांश
- पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा गएको पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ।
- सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउनका लागि दुवैतर्फबाट लोडर, एक्साभेटर र जेसीबी लगायतका उपकरणहरू परिचालन गरिएका छन्।
- थप पहिरो नखसेमा आज दिउँसो १ः० बजेसम्म अवरुद्ध सडक दुईतर्फी नै सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ । काठमाडौँतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ । सडक केही सफा भएपछि काठमाडौँतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताइन् ।
अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ः०० बजेसम्म सडक सञ्चालनमा आउने बताइन् । सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ ।
राति १ः०० बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । पुनः बिहान ५ः०० बजे पहिरो खसेपछि काठमाडौँतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो । मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिइन् ।
पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ । सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
अरुपनि पढ्नुहोस
सबै
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हराउँदै देउसीभैलोका रैथाने भाका, पश्चिमा शैली र ठूला स्पिकर हाबी

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
















