Opens in a new tab

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

नवलपुर टुडे

315Shares

सारांश

  • कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
  • हुलाकी सडकमा पैदल हिँडिरहेका ७७ वर्षीय लखन अहिरलाई तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।
  • दुर्घटना गराउने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक हाल फरार रहेका छन्।
dida bag ad

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदल यात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा गाईपूजा

२०८३ कार्तिक २३ | मध्यान्ह १२:०७ बजे

सुनचाँदीको मूल्य बढ्यो

२०८३ कार्तिक २३ | मध्यान्ह १२:०७ बजे