Opens in a new tab

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

रासस

325Shares

सारांश

  • तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।
  • बिदाका दिनहरूमा शनिबारबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत सञ्चालन हुनेछ।
  • सो अवधिमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ र पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने कार्य हुनेछ।
dida bag ad

बाजुरा । तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।

अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ ।