आज पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
- देशका केही हिमाली तथा पहाडी भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
- तराई, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफਾ रहनेछ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षा हुनेछ । केही भूभागमा हिमपातको पनि सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
अरुपनि पढ्नुहोस
सबै
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
















