Opens in a new tab

सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

नवलपुर टुडे

315Shares

सारांश

  • हुम्लामा गर्भवती महिलाको स्वास्थ्य सुरक्षा र नियमित परीक्षणको आवश्यकता बारे सडक नाटकबाट जनचेतना फैलिएको छ।
  • नाटकले घरमै प्रसूति गराउने प्रवृत्ति र अन्धविश्वासका कारण आमा र शिशुको स्वास्थ्यमा पर्ने जोखिमलाई उजागर गरेको छ।
  • देउडा गीत र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रेरित गरिएको छ।
dida bag ad

हुम्ला । गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत जनचेतना फैलाइएको छ ।

नाटकमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठ पटक प्रश्रवपूर्व स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयलाई विशेष जोड दिइएको सडक नाटकका सहजकर्ता एवं युथ क्लबका सदस्य ऐटन रावलले बताए ।

अझै पनि गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नगराउने, स्वास्थ्यकर्मीको परामर्श नलिने र घरमै प्रसूति गराउने प्रवृत्ति रहेकाले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने अवस्थालाई नाटकमा यथार्थपरक रूपमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

नाटकले समुदायमा विद्यमान अन्धविश्वास, गलत सामाजिक मान्यता र स्वास्थ्यसम्बन्धी चेतनाको कमीलाई उजागर गर्दै गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रेरित गरेको छ ।

स्थानीय जनजीवनसँग नाटकलाई जोडेर प्रभावकारी बनाउन देउडा गीत प्रस्तुत गरिएको थियो । सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला र चित्रकला प्रदर्शनीलगायत कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई सामाजिक कुरीति, अन्धविश्वास र विभेदविरुद्ध सचेत बनाउने प्रयास भइरहेको छ ।

अरुपनि पढ्नुहोस

सबै