युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको छ : रुबियो

एजेन्सी

सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस-युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र युरोपको सुरक्षा व्यवस्थाबारे भइरहेको छलफलमा केही प्रगति भएको बताएका छन्।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्केत गर्नुभएको बृहत् सुरक्षा संरचनाको विषयमा छलफल केन्द्रित भए पनि कुनै पनि विषय अझै अन्तिम निष्कर्षमा पुगिनसकेको स्पष्ट पारिएको छ।
- युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा अबुधाबीमा हुने आगामी वार्ताबाट थप प्रगति हुने अपेक्षा गरिएको छ।

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताएका छन् । उनले यसै साता अबुधाबीमा हुने वार्ताबाट थप प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।
जी–७ का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि आइतबार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले युद्ध अन्त्यका लागि सुरक्षा प्रत्याभूतिको विषय महत्त्वपूर्ण रहेको बताए । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा यो विषय पटकपटक उठ्दै आएको उनको भनाइ थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत बिहीबार युक्रेन मात्र नभई सम्पूर्ण युरोपलाई समेट्ने रुससँगको बृहत् सम्झौताको सम्भावना रहेको बताएका थिए । यद्यपि, रुबियोले अहिलेसम्म कुनै विषय अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पारे ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा मङ्गलबार र बुधबार अबुधाबीमा वार्ता तय भएको छ । उक्त वार्तामा अमेरिकाका तर्फबाट विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुसनर सहभागी हुने अपेक्षा गरिएको छ ।

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

राष्ट्रपति पौडेलद्वारा गाईपूजा


भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

तरकारीको बेर्ना बिक्री गरेर मनग्य आम्दानी गर्दै राजकुमार
अरुपनि पढ्नुहोस
सबै
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत

सिँचाइ अभावले डडेल्धुराका खेत बाँझै, ६८ प्रतिशत खेतीयोग्य जमिनमा पानीको सुविधा छैन

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
















