इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत

एजेन्सी

सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको कूटनीतिक प्रयासमा ठोस प्रगति हुन नसकेको र तेहरानका मागहरू अस्वीकार्य रहेको बताएका छन्।
- इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई युद्ध अन्त्यको प्रस्ताव स्वीकार गर्न अन्यथा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन्।
- अमेरिकी निर्वाचनको नतिजाका कारण मध्यस्थताका प्रयासहरू रोकिएको र संवाद सुरु हुन केही समय लाग्ने अराघचीले बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गरे ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताए ।
अराघचीले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त पूरा गर्न अमेरिकालाई आग्रह गरेका थिए । प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उनको चेतावनी थियो ।
तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताए । निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उनले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताए ।

नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
अरुपनि पढ्नुहोस
सबै
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल
















