नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

नवलपुर टुडे

सारांश
- सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको ऐतिहासिक र सांस्कृतिक साझा सम्पदा भएको बताएका छन्।
- राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रवर्तित यस संवत्को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक दुवैको साझा दायित्व रहेकोमा उनले जोड दिएका छन्।
- प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उनले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै निकायबीच सहकार्यको आवश्यकता औंल्याएका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन् ।
सभामुख अर्यालले नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताएका छन् । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
सभामुख अर्यालले मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत प्राथमिकताका साथ संसद्मा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन् । साथै, राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउँदै विपद् र चुनौतीको सामना गर्न सबैलाई प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।
यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति बेहोर्नुपरेको पीडादायी अवस्थामा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
“विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक छ । यस्तो समयमा हाम्रो एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति हो”, सभामुख अर्यालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण
अरुपनि पढ्नुहोस
सबै
मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू
















