प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

रासस

सारांश
- मकवानपुरको हेटौँडामा लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार अर्जुन गुरुङ मृत अवस्थामा फेला परेका छन्।
- गोरखा घर भएका करिब ३६ वर्षीय गुरुङ हेटौँडाको ओमनगरस्थित एक घरनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
- घटनास्थलबाट एक सुसाइड नोट बरामद भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत अवस्थामा फेला परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३, पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
मंगलबार (कात्तिक २४) बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् । बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर त्यसबारे प्रहरीलाई खबर गरेका एसपी खत्रीले बताए ।
घटनास्थलमा ‘सुसाइड नोट’ समेत फेला परेको जनाउँदै उनले थप अनुसन्धान भइरहेको बताए ।

चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
अरुपनि पढ्नुहोस
सबै
राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू

व्यावसायिक सयपत्री फूल खेतीको सफलता :- व्यावसायिक फूल खेती र शानदार बजार
















