Opens in a new tab

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

नवलपुर टुडे

325Shares

सारांश

  • झापाको मेचीनगर–१० धुलाबारीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक निर्माण गरिएको छ।
  • भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माण गर्न कुल २० लाख रुपैयाँ खर्च भएको छ।
  • नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोग र बाँकी जनसहयोगबाट मेचीनगरमै पहिलोपटक यो शालिक ठड्याइएको हो।
dida bag ad

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ ।

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो । मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उनले बताए ।

शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताए ।