भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

नवलपुर टुडे

सारांश
- भक्तपुरमा नेपाल संवत् ११४७ को अवसरमा मौलिक पहिचान झल्किने सांस्कृतिक भिन्तुना र्याली निकालिएको छ।
- नगरपरिक्रमापछि दरबार स्क्वायरमा आयोजित सभामा वक्ताहरूले भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिएका छन्।
- कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो।

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको र्यालीले नगरपरिक्रमा गरेको थियो ।
उक्त -याली विभिन्न टोल तथा बजार परिक्रमापछि दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित -यालीले भक्तपुरका सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो ।
-यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्र्यापण गरियो । सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए ।
नेपाल संवतकाे नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्पराग गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
अरुपनि पढ्नुहोस
सबै
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हराउँदै देउसीभैलोका रैथाने भाका, पश्चिमा शैली र ठूला स्पिकर हाबी

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
















