डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

नवलपुर टुडे

सारांश
- डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये हालसम्म छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका हरिबहादुर बुढा र यज्ञ विकलगायतका ६ जना रहेका छन्।
- फरार रहेका बाँकी दुई जना कैदीबन्दीको खोजीकार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली । जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए ।
यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चोरमारामा स्कुटर अनियन्त्रित भएर पल्टियो, चालक गम्भीर घाइते

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय
अरुपनि पढ्नुहोस
सबै
दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने
















