ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

रासस

सारांश
- पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित देवचुलीमा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका डडेलधुराका २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा निधन भएको हो।
- प्रहरीले ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितले जानकारी दिए ।
उक्त ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए ।
दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए ।

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
अरुपनि पढ्नुहोस
सबै

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
















