Opens in a new tab

काठमाडौँमा बङ्गलादेशको राष्ट्रिय एकता दिवस मनाइयो

नवलपुर टुडे

650Shares

सारांश

  • काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रान्ति तथा एकता दिवस भव्य रूपमा मनाएको छ।
  • कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीका शुभकामना सन्देश वाचन गर्नुका साथै दिवसको ऐतिहासिक महत्व झल्काउने वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो।
  • वक्ताहरूले बहुदलीय प्रजातन्त्र, राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षाका लागि सहिद तथा प्रथम राष्ट्रपति जियाउर रहमानले पुर्‍याएको योगदानको स्मरण गरेका थिए।
dida bag ad

काठमाडौँ । काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ । सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो ।

दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गरेका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो । यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गरेका । उनीहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गरेका भूमिकाको स्मरण गरे ।

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उनले पुर्‍याएको योगदानको पनि चर्चा गरिएको थियो ।

बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे । उनले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गरे ।

त्यसपछि गम्भीर सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी उनलाई सुम्पिएको उनले बताए । उनले बङ्गलादेशमा उत्पादनमुखी राजनीतिको सुरुआत गर्ने अग्रणी व्यक्तित्वका रूपमा राष्ट्रपति हमानको महत्वपूर्ण भूमिका र उनको दीर्घकालीन योगदानको पनि चर्चा गरे ।

अरुपनि पढ्नुहोस

सबै

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे

साढे तीन लाखका पटका बरामद

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे