एनआरएनए यूएईको राहत तथा उद्धार समितिको जिम्मेवारी ज्ञानेन्द्र गुरुङलाई

कबिराज राजबंशी
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईले राहत तथा उद्धार समितिको संयोजकमा ज्ञानेन्द्र गुरुङलाई मनोनयन गरेको छ।
- यूएईमा रहेका नेपालीहरूलाई आपत्कालीन अवस्थामा सहयोग, राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउने यस समितिको मुख्य जिम्मेवारी रहेको छ।
- समितिले समस्यामा परेका नेपालीलाई आवश्यक समन्वय र सहयोगका लागि संयोजक गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।


प्रवास दुवई,यूएई ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी यूएई) ले राहत तथा उद्धार समितिको संयोजकमा ज्ञानेन्द्र गुरुङलाई मनोनयन गरेको छ।
एनआरएनए यूएईका उपाध्यक्ष ईश्वर श्रेष्ठले नवलपुर टुडेलाई जानकारी दिएअनुसार यूएईमा रहेका नेपाली समुदायलाई आपत्कालीन अवस्थामा आवश्यक सहयोग, राहत तथा उद्धार कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले गुरुङलाई उक्त जिम्मेवारी दिइएको हो।
संघले ६ नोभेम्बर २०२६ मा जारी गरेको आधिकारिक पत्रमार्फत गुरुङको मनोनयन सार्वजनिक गरेको हो।
यूएईमा बसोबास तथा कार्यरत नेपालीहरू विभिन्न समस्या, दुर्घटना वा आपत्कालीन परिस्थितिमा पर्दा आवश्यक सहयोग उपलब्ध गराउने, सम्बन्धित निकायसँग समन्वय गर्ने र उद्धार प्रक्रियामा सहजीकरण गर्ने समितिको मुख्य जिम्मेवारी रहनेछ।
संघले यूएईस्थित सम्पूर्ण नेपाली समुदायलाई राहत तथा उद्धारसम्बन्धी कार्यमा आवश्यक सहयोग र सहकार्य गर्नसमेत आग्रह गरेको छ। राहत तथा उद्धारसम्बन्धी सहयोग तथा समन्वयका लागि नवनियुक्त संयोजक ज्ञानेन्द्र गुरुङलाई +97155 2573899 मा सम्पर्क गर्न सकिनेछ।
यसनियुक्ती सँगै यूएईमा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग र उद्धारका लागि थप प्रभावकारी समन्वय हुने अपेक्षा गरिएको छ।

चोरमारामा स्कुटर अनियन्त्रित भएर पल्टियो, चालक गम्भीर घाइते

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय
अरुपनि पढ्नुहोस
सबै
दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने
















