बडीमालिकामा भारी हिमपात, दुई पर्यटक सम्पर्कविहीन

रासस

सारांश
- बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका क्षेत्रमा वर्षा र भारी हिमपातका कारण कञ्चनपुरका दुईजना पर्यटक सम्पर्कविहीन भएका छन्।
- सम्पर्कविहीन हुनेमा कञ्चनपुरका २० वर्षीय मनिष बोहरा र २१ वर्षीय सागर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
- हिमपात र अत्यधिक चिसोका कारण उनीहरू त्रिवेणी पाटनलगायतका क्षेत्रमा अलपत्र परेको आशङ्का गरिएको छ भने उनीहरूको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालनको तयारी भइरहेको छ।

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुईजना पर्यटक सम्पर्कविहीन भएका छन् ।
बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुईजना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् ।
यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँचजनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीनजना भने बडीमालिका पुगेर फर्किसकेका उनले बताए ।
चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिए ।
“हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो”, उनले भने, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।”
सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताए । दुवैजनाको मोबाइल बन्द भएको संकेत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए ।

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा
अरुपनि पढ्नुहोस
सबै
मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
















