एग्जिट पोलमा नेतन्याहू र आइजेनकोट दुवैलाई छैन स्पष्ट बहुमत

नवलपुर टुडे

सारांश
- इजरायलको संसद् नेसेट निर्वाचनको एग्जिट पोलले कुनै पनि गठबन्धनले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत हासिल गर्न नसक्ने देखाएको छ।
- प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले करिब ५० र विपक्षी गठबन्धनले ५२ देखि ५३ सिट जित्ने अनुमान गरिएको छ।
- स्पष्ट बहुमत नआएका कारण सरकार गठनको अनिश्चितता बढेको छ भने दलहरूबीचको गठबन्धन वार्ता निर्णायक हुने देखिएको छ।

काठमाडौं । इजरायलको संसद् नेसेट निर्वाचनको एग्जिट पोलले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसक्ने देखाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गदी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवै सरकार गठनका लागि आवश्यक ६१ सिटबाट टाढा देखिएका छन् ।
प्रमुख इजरायली टेलिभिजन नेटवर्कको एग्जिट पोलअनुसार १२० सदस्यीय संसद् (नेसेट)मा आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ५२ देखि ५३ सिट र नेतन्याहूको पक्षले करिब ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । अरब पार्टीहरूले भने १७ देखि १८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।
यस निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको जनाइएको छ, जुन सन् १९९९ यताकै उच्च सहभागिता हो । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा युद्ध तथा लेबनान र इरानसँगको द्वन्द्वका बीच भएको निर्वाचनलाई नेतन्याहूको नेतृत्वप्रतिको जनमतका रूपमा हेरिएको छ ।
स्पष्ट बहुमत नआएपछि सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन वार्ता निर्णायक हुने देखिएको छ । नेतन्याहूले राष्ट्रिय एकताको सरकार गठनको संकेत दिएका छन् । तर, अति दक्षिणपन्थी नेता इतामार बेन–ग्भिरले आइजेनकोटसँग सहकार्य गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
यसैबीच, आइजेनकोटले जनताले परिवर्तनको पक्षमा मतदान गरेको दाबी गर्दै नेतन्याहू सरकारले विश्वास गुमाइसकेको बताएका छन् । उनले सबै समुदायको प्रतिनिधित्व गर्ने सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उता, नेतन्याहू आफ्नो दलभित्र सम्भावित दल बदल रोक्न र सरकार गठनका लागि राष्ट्रपतिबाट पहिलो आमन्त्रण प्राप्त गर्न राजनीतिक छलफल तथा लबिङमा जुटेको बताइएको छ ।
एग्जिट पोलको यो अनुमानले इजरायलमा सरकार गठनको अनिश्चितता लम्बिन सक्ने देखाएका छन् । अन्तिम परिणाम र दलहरूबीचको सहमतिले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ । अलजजिरा

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















