सहकारीले सुरु गर्यो व्यावसायिक सयपत्री खेती, सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म बिक्री

रासस

सारांश
- दाङको तुलसीपुरस्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका पदाधिकारी र कर्मचारीले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्।
- तिहारलाई लक्षित गरी गरिएको ‘कर्म’ जातको फूल दसैँ अगावै फुलेपछि चिन्ता बढे पनि सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म फूल बिक्री गरिएको छ।
- सहकारीले करिब तीन लाख लगानीमा सुरु गरेको यो खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य राखेको छ।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन्।
एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यसकै स्याहारसुसारमा व्यस्त रहने गरेका हुन्। चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताएकी छन्।
‘अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ’ भन्दै उनले ‘हजारीको सिजन भएकाले यतातिर लागेका हौँ’ भनेकी छन्।
उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो। सुरुमा बिउ, मल्चिङ तथा खेत जोताइलगायतका काममा करिब तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
तिहारलाई लक्षित गरी साउन २६ गते रोपिएको सयपत्री ४५ दिनमै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताएकी छन्। दसैँभन्दा अघि नै सयपत्री फुल्दा सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने चिन्ता उनलाई छ। ‘मैले तिहारलाई लक्षित गरेको थिएँ’ भन्दै उनले ‘दसैँमा फुलेकाले सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने लाग्छ’ भनेकी छन्।
सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताएकी छन्। खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ।
दसैँ अगावै फुले पनि सामाजिक सञ्जालबाट प्रचार गरेर काठमाडौँसम्म फूल पठाइएको उनले बताएकी छन्। टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोजमै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ। विदेशबाट समेत फूलको माग आएको उनले जानकारी दिएकी छन्।
पाँच वर्षका लागि कट्ठाको वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर यो खेती गरिएको हो। कृषि सहकारी भएकाले सयपत्रीबाट मनग्य आम्दानी लिन सकिने देखिएकाले यस खेतीतर्फ लागिएको अध्यक्ष धितालले बताएकी छन्।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















