विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ नाघ्यो

नवलपुर टुडे

सारांश
- नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्ने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
- अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।
- आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०६ पैसा बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















