यूएईका सातै प्रदेशमा गुञ्जिने भयो देउसी–भैलो, नोभेम्बर ७ देखि ‘रमाइलो देउसी–भैलो २०८३’

कबिराज राजबंशी
सारांश
- प्रवासमा नेपाली चाडपर्व र मौलिक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले यूएईका सातै प्रदेशमा ‘रमाइलो देउसी–भैलो कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।
- नोभेम्बर ७, ८, १० र ११ तारिखमा सञ्चालन हुने उक्त कार्यक्रममा देउसी–भैलो, सोरठी, मारुनी नाच र विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।
- यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र एकता सुदृढ बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली लोकसंस्कृति संग जोड्न महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।

दुबई, यूएई|
दुबई, यूएई। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक महत्त्व र मौलिक परम्परालाई प्रवासमा समेत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यूएईका सातै प्रदेशमा ‘रमाइलो देउसी–भैलो कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।
कार्यक्रमका संयोजक कमल जङ्ग कार्कीले यसबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार नोभेम्बर ७, ८, १० र ११ तारिखमा कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
तिहारको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेका देउसी–भैलो, सोरठी नृत्य, मारुनी नाच तथा दोहोरी गीतलगायतका प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्। यसले नेपाली कला, संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न नेपाली गायक–गायिका तथा कलाकारहरूले सांगीतिक र सांस्कृतिक प्रस्तुति दिनेछन्। त्यसैगरी निरुता गैरे, विनय खत्री, कल्पना सिग्देल, रजिनता कुँवर, रामप्रसाद तिवारी र सोभाखर भण्डारी लगायत गायक- गायिकाहरुको विशेष प्रस्तुति रहनेछ। त्यस्तै, होम राजाली, कल्पना सुवेदी र माया राजालीलगायत कलाकारले नृत्य प्रस्तुत गर्ने जनाइएको छ।
कार्यक्रमलाई नीको पोलिक्लिनिक (Neeko Polyclinic) र हिमालयन ग्लोबल ज्वेलरी एलएलसी (Himalayan Global Jewellery L.L.C.) ले स्पोन्सर गरी सहयोग गरेका छन्।
विदेशमा रहेर पनि नेपाली चाडपर्व र मौलिक संस्कृतिलाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएका छन्। साथै, नयाँ पुस्तालाई नेपाली लोकसंस्कृति, संगीत र परम्परासँग जोड्न कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
















