कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा रामनारायण विजयी

राम नारायण

सारांश
- नेपाल कुशवाहा कल्याण समाज सप्तरीको पाँचौँ जिल्ला अधिवेशनबाट राम नारायण मेहता अध्यक्षमा विजयी भएका छन्।
- निकटतम प्रतिद्वन्द्वी चेत नारायण मेहतालाई मात्र एक मतले पराजित गर्दै मेहताको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
- चार वर्षे कार्यकालका लागि भएको यस निर्वाचनमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदहरूमा अन्य पदाधिकारीहरू پनि निर्वाचित भएका छन्।
राजविराज । नेपाल कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा राम नारायण मेहता विजयी भएका छन् ।
शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट मेहताको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पदमा राम नारायण मेहताले ५७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी चेत नारायण मेहता ५६ मत ल्याई एक मतको झिनो मतान्तरले पराजित भएको निर्वाचन समितिका संयोजक जय प्रकाश महतोले जानकारी दिए ।
संस्थाको उपाध्यक्षमा शुभकलाल महतो, महिला उपाध्यक्षमा मुनी मेहता, सचिवमा राजाबाबु मेहता, सह सचिवमा रामशरण महतो र कोषाध्यक्षमा सूर्यनारायण महतो निर्वाचित भएका छन् ।
यस्तै १९ सदस्य मध्ये १२ जना पुरुष र ७ जना महिला निर्वाचित भएको निर्वाचन समितिले जनाकारी दिए । चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ सय २१ जनाले मतदान गरेका थिए ।

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते

रुपन्देहीमा कुस्ती दंगल, नेपाल–भारतका ४४ पहलमान भिडे

काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज विदेशी मुद्रा विनिमय दर स्थिर
अरुपनि पढ्नुहोस
सबै
सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो
















