Opens in a new tab

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते

नवलपुर टुडे

299Shares

जनकपुरधाम । धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४, भरतपुर बस्ने ३५ वर्षीय उमेश यादवले ससुरालीमा गएर धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार गएराति ९ बजेतिर यादव मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वरस्थित ससुरालीमा गएकोमा बिहान करिब २ बजे धारिलो हतियार प्रहार आफ्नै श्रीमती ३० वर्षीया रिना यादव र सँगै सुतेका छोरा ४ वर्षीय सम्राट यादवलाई धारिलो हतियार प्रहार गरेका थिए।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरी टोलीले बालकको दाहिने तिघ्रामा काटिएको चोट रहेकोले स्थानीय क्लिनिकमा पठाई प्राथमिक उपचारपश्चात् प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रवक्ता खनालले बताए।

घटनास्थलबाट रगत लागेको चक्कू बरामद गरेको छ भने श्रीमान् तत्काल फरार रहेकोले खोजतलास गर्दा घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिम मिथिला बिहारी २ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।