रुपन्देहीमा कुस्ती दंगल, नेपाल–भारतका ४४ पहलमान भिडे

नवलपुर टुडे

रुपन्देही । नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा रोहिणी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ । विजयादशमी महोत्सव २०८३ अन्तर्गत संगम सहारा युवा क्लबले आयोजना गरेको दुईदिने प्रतियोगितामा नेपाल र भारतका ४४ पहलमानले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारतको मध्यप्रदेशबाट आएका रामकान्त मिश्र प्रथम भएका छन् ।
प्रथम भएका मिश्रले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो र गुल्मी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका विशाल थापा तेस्रो भए । उनीहरूले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीले जानकारी दिए ।
प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रका पहलमान सहभागी थिए । नेपालका रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाबाट पनि पहलमानहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । स्थानीयस्तरमा लोकप्रिय कुस्ती खेलको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतका खेलाडीबीच आपसी सद्भाव र खेलकुद सम्बन्ध बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
कुस्ती दंगलसँगै बृहत् सांस्कृतिक कार्यक्रम र मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
















