काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

नवलपुर टुडे

सारांश
- काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने ४७० वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
- कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने ९९, तीव्र गतिमा चलाउने ११५ र रातो बत्ती बाल्ने ३७ जना चालक रहेका छन्।
- दसैँको समयमा सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेहरूमाथि निगरानी कडा पारेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिए।
यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारीसाधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ मा सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ।

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
अरुपनि पढ्नुहोस
सबै
फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँमा तरकारी तथा धान जोन विस्तार हुँदै, झन्डै चार हजार किसान लाभान्वित
















