उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

रासस

सारांश
- उदयपुरको त्रियुगा नगरपालिका–११ मा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- इनार चोकतर्फ जाँदै गरेको स्कुटरले पैदलयात्री रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो जसको उपचारका क्रममा अस्पतालमा निधन भयो।
- दुर्घटनामा संलग्न स्कुटर चालक दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो
अरुपनि पढ्नुहोस
सबै
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँमा तरकारी तथा धान जोन विस्तार हुँदै, झन्डै चार हजार किसान लाभान्वित

आज बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
















