काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ ।
आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा छ ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिद दर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा छ ।
आज सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको छ ।
हेर्नुहोस् राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर–




























