Opens in a new tab

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

रासस

1KShares

सारांश

  • गुल्मीको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएको पहिरोका कारण कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • सडकमाथिबाट चट्टानसहित पहिरो खस्दा चाडपर्वका समयमा बागलुङ, पोखरा, पाल्पा र बुटवल जाने यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
  • पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउनका लागि प्रहरी टोली परिचालन गरिनुका साथै स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीसँग समन्वय भइरहेको छ।

गुल्मी । पहिराेका कारण गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएरति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमाथिबाट चट्टानसहितकोे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि अहिले प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध बनेपछि चाडवाडको समयमा उक्त क्षेत्रबाट बागलुङ, पोखरा, पाल्पा तथा बुटवल जाने यात्रु र सवारी साधन बीच बाटोमा रोकिएका छन् । पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि सडक निर्माण कम्पनी र स्थानीय गाउँपालिकासँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

२०८३ कार्तिक ७ | मध्यान्ह ०४:०७ बजे

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे