Opens in a new tab

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

नवलपुर टुडे

2KShares

सारांश

  • बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे सडकखण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि एक अर्ब रूपैयाँ आवश्यक पर्ने भएको छ।
  • सडकको समग्र स्तरोन्नति तथा कालोपत्र गर्नका लागि तीन अर्ब रूपैयाँ लागत अनुमानसहित सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको छ।
  • गत असोजको अविरल वर्षाका कारण ३५ भन्दा बढी स्थानमा क्षति पुगेको ६५ किलोमिटर लामो उक्त सडकमा हाल विभिन्न मर्मतका काम भइरहेका छन्।

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि  एक अर्ब आवश्यक पर्ने भएको छ।

बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।

रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो । “नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुंगा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने।

पुनर्निर्माणका लागि  बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले बताए ।  हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उनको भनाइ छ ।

बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गरिएको उनको भनाइ छ ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

२०८३ कार्तिक ७ | मध्यान्ह ०४:०७ बजे

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे