पर्वतका पाँच पालिका सङ्कटग्रस्त क्षेत्र

रासस

सारांश
- सरकारले बाढीपहिरोबाट अति प्रभावित पर्वतका जलजला गाउँपालिका लगायत पाँच स्थानीय तहका विभिन्न वडालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
- असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाका कारण पर्वतमा ३०० घरपरिवार पूर्ण रूपमा विस्थापित हुनुका साथै भौतिक संरचना, कृषि र खानेपानीमा व्यापक क्षति पुगेको छ।
- पर्वतसँगै बागलुङ, नवलपरासी, गोरखा, मनाङ र म्याग्दीका विभिन्न स्थानीय तहलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र तोકી राहत तथा पुनर्निर्माणको कामलाई प्राथमिकता दिइएको छ।
पर्वत । सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
यसैगरी, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११ लाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । विहादी गाउँपालिकाको वडा नं ६ शालिग्राम, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
निजी घरबाहेक विद्यालय, कृषि फार्म, स्वास्थ्यचौकी, मन्दिर र वडा कार्यालय पनि जोखिममा परेका छन् । यसैगरी कृषि, पशुपालन, सिँचाइ, खानेपानी, सडकलगायत क्षेत्रमा व्यापक क्षति भएको छ ।
यसैगरी, बागलुङका निसिखोला, बडिगाड, तमानखोला र ताराखोला गाउँपालिका, नवरपरासीको सुस्ता गाउँपालिका, गोरखाको शहिल लखन गाउँपालिका वडा नं ३ र ४, मनाङका चामे, नाँसो र मनाङ डिस्याङ गाउँपालिका तथा म्याग्दीका ६ वटै गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
अरुपनि पढ्नुहोस
सबै
ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय
















