नवलपरासीमा ८ लाख भन्दा बढी मुल्यको गाडीका पार्टसहरु नियन्त्रणमा

नवलपुर टुडे

सारांश
- पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाबाट प्रहरीले करिब साढे ८ लाख रुपैयाँ मूल्य बराबरका अवैध गाडीका पार्टपुर्जाहरू बरामद गरेको छ।
- संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा भेट्टाएका १९ थान गियर बक्स र १२ बोरा विभिन्न पार्टपुर्जाहरू नियन्त्रणमा लिएको हो।
- बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
नवलपरासी । पश्चिम नवलपरासीबाट लाखौ मूल्य बरावरको अबैध रुपमा नेपाल ल्याईएका गाडीका विभिन्न पार्टपुर्जाहरु प्रहरीले वेवारिसे अवस्थामा बरामद गरिएको छ ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका- १ रमपुरवास्थित वेवारिसे अवस्थामा राखिएका रु. ८,५०,०००/-(आठ लाख पचास हजार) बराबरका गाडीका विभिन्न पार्ट्सहरु लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले बरामद गरिएको हो ।
बरामद सामानहरु गियर बकस १९ थान र गाडीको विभिन्न पार्टसहरु १२ बोरा गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाएको थापाले जनाएको छ ।

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
अरुपनि पढ्नुहोस
सबै
ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय
















