Opens in a new tab

सुदूरका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

नवलपुर टुडे

15.5KShares

सारांश

  • सुदूरपश्चिम प्रदेशमा बडादसैँ र तिहारलक्षित गरेर २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
  • चाडपर्वका बेला बढी भाडा असुल्ने सवारी साधनमाथि निगरानी बढाउँदै कारबाही गरिने भएको छ।
  • यात्रुहरूलाई यात्रामा सहजीकरण गर्न र दुर्घटना न्युनीकरणका लागि नियमित जाँचसहित हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ।

महेन्द्रनगर। ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वका बेला स्वदेश तथा बिदेशबाट घर फर्किने यात्रुको यात्रालाई सहजीकरण गर्दै दुर्घटनारहित सवारी सञ्चालन गर्ने उद्देश्यका सहायता कक्ष सञ्चालनमा ल्याएको बताए।

“सुदूरपश्चिममा अहिले चाडपर्वका बेला ट्राफिक चेकजाँच पनि बढाएका छौँ,” कार्कीले भने, “यात्रुहरुबाट चाडपर्वको मौका छोडेर बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिनेछ ।”

ट्राफिक प्रहरीका अनुसार कैलालीमा १० स्थानमा र कञ्चनपुरमा आठ स्थानमा र सात पहाडी जिल्लामा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ। आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले कैलालीको अत्तरियास्थित बसपार्कमा यात्रु सहायता कक्ष उद्घाटन गरे।

“पूर्व–पश्चिम राजमार्गका साथै पहाडी जिल्लाका सडकमा नियमित जाँच भइरहेको छ”, प्रहरी उपरीक्षक कार्कीले भने, “यात्रुहरुलाई कुनै पनि समस्या परेमा नेपाल प्रहरीको हटलाइन टेलिफोन नं १०० र ट्राफिक प्रहरीको हटलाइन नं १०३ वा यात्रु सहायता कक्ष वा नजिकको प्रहरीसँग सम्पर्क अनुरोध गर्दछौँ।”

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

२०८३ कार्तिक ७ | मध्यान्ह ०४:०७ बजे

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

२०८३ कार्तिक ७ | मध्यान्ह ०३:०७ बजे