जलवायु न्याय र हिमाली राष्ट्रका एजेन्डा बोकेर फिजी पुगे परराष्ट्रमन्त्री

नवलपुर टुडे

सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन्।
- उनले फिजी र टुभालुमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुका साथै हिमाली राष्ट्रका सरोकारका विषयहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनेछन्।
- फिजीको भ्रमणपछि अस्ट्रेलिया जाने उनले त्यहाँकी विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल फिजी पुगेका छन्।
‘फिजी’ र ‘टुभालु’ मा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले असोज २० गते आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) लाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सत्रअघि उनले ‘पलाउ’ का राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेतको उपस्थितिमा सञ्चारकर्मीहरूसँग आयोजना हुने प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजित यस ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
फिजी र टुभालुका कार्यक्रम सकेपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना हुने कार्यक्रममा सहभागी भई त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल असोज २६ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
अरुपनि पढ्नुहोस
सबै
लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















