सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

रासस

सारांश
धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालय प्रमुख साहले भने, ‘आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।’
यस्तै मङ्गलवार वर्षाको दायरा केही घट्ने देखिए पनि मौसम पूर्णरूपमा नखुल्ने अनुमान गरिएको छ। मङ्गलवार हिमाली तथा पहाडी क्षेत्रका थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मङ्गलवार राति भने तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















