दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रासस

सारांश
दार्चुला, भदौ १९। अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १९५५ तथा विपद्का समयमा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।
विपद्का समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा समेत जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७२७७७७ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७२४६६६ उपलब्ध गराएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाको लागि ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका लागि ९८६०३४११७६ मा सम्पर्क गर्न सकिने जनाइएको छ । न्यूज बैंक

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















