विजयनगरमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम आयोजना हुँदै

नन्द किशोर कुर्मी (लालु)
२०८३ भदौ १९ | मध्यान्ह ०३:०५ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको सभाहलमा आज श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना हुँदैछ।
यादववंशी युवा समाज, कपिलवस्तुको आयोजनामा हुन लागेको कार्यक्रममा श्रीकृष्ण जन्माष्टमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ।
कार्यक्रम भदौ १९ गते शुक्रबार विजय नगर गाउँपालिकाको सभाहलमा आयोजना गरिएको हो। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिन्छ।
कार्यक्रमले धार्मिक आस्था, सामाजिक सद्भाव र युवा पुस्ताबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






















