पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन् : सभापति थापा

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हाम्रा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र भएको बताए ।
त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व हाम्रो सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उनको भनाइ छ ।
उनले दुवै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गुल्जार हुने कागबेनीधाम गुमनाम
अरुपनि पढ्नुहोस
सबै
व्यापार तनाव घटाउन इयु–चीन वार्ता

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

रौतहटमा इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार















