मनोरन्जन, समाज

चर्चित गायक सतिश महर्जनया सः सांगितिक साँझ सम्पन्न

रिदेन महर्जन
२०८३ भदौ १० | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । चर्चित गायक सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।

गत शनिबार कीर्तिपुर सिनेफेक्लसमा चर्चित गायक सतिश महर्जनको छोटो जीवनी समेत प्रस्तुत गरिएको एकल साँझ सांगितिक कार्यक्रममा दर्शकको उल्लेखनिय रुपमा सहभागिता जनाइएको थियो ।

एकल साँझ सांगितिक कार्यक्रममा चर्चित गायक सतीश महर्जनलाई युगल गायनमा चर्चित गायिका निशा देशार, रीता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, सरिता शाहीदेखि नवोदित गायिका रफेला महर्जन एवम् एकता महर्जनले गायनमा साथ दिनुका साथै वाद्यवादन तर्फ नेपाल कै उत्कृष्ट वाद्यवादकहरु ड्रमर सुन्दर कुमार महर्जन, कीवोर्ड राहुल भुजेल ,गीतार सुरज प्रधान, बेसगीतार कृष्ण लिम्बु, बाँसुरी संजीव मैनाली ,तबला,खीँ लक्ष्मी प्रसाद डंगोल,ढोलक मादल सन्देश महर्जन, प्रकसन मा सुजल नापितले साथ दिनु भएको थियो ।

कार्यक्रमका अतिथिका रुपमा पाल्नुभएका गायक सतिश महर्जनका गुरु प्रभुराज ढकालले आजको कार्यक्रम एदम उत्कृष्ट रहेको जनाउँदै शिरमा सँधै आशिवार्द रहने जनाए । कार्यक्रमका अतिथी कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले आजको कार्यक्रम सफल भएकोमा बढाई तथा शुभकामना व्यक्त गर्दै मेयर डंगोलले कीर्तिपुरमा सांगितिक क्षेत्रका साथै संस्कृति सम्पदाको संरक्षण, संम्बर्द्वन तथा विकासका लागि रुपमा लागि रहने धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाल्नु भएका वरिष्ठ संगीतकार दीपक जंगमले आयोजकलाई धेरै धेरै धन्यवाद दिदै भन्नुयो नयाँ प्रतिभालाई बर्ष एक पटक निर्खाने अवसर दिनुपर्नेमा जोड दिदै गायक सतिश महर्जनलाई हार्दिक बढाई दिनु भएको थियो । उनले नेपालभाषाको सांगीतिक क्षेत्रमा जुन जागरण आई रहेको छ एकदम सकारात्मक रहेको धारणा राखे ।

गायक सतिश महर्जनको पहिलो पटक एकल साँझ कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण ” नेपाल कला संस्कृति उत्थान समाज ” का पदाधिकारीहरू व्यक्तिगतरुपमा बिजय लाल डंगोल, प्रताप महर्जन,दुर्गालाल शाहि,नबिन जोशी, किरण,सर्मिला तथा सहयोगी, कलाकार, प्राविधिक तथा सम्पूर्ण परिवारजन, गुरुजन सुभचिन्तकहरुलाई विशेष धन्यवाद तथा आभार व्यक्त गरेका गरेका छन् ।

सो एकल साँझ सांगितिक कार्यक्रममा गायक सतिश महर्जनका गुरुवर राम कृष्ण दुवाल, वरिष्ठ संगीतकार गायक रामेस श्रेष्ठ, वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ संगीतकार मनराजा नकर्मि पाल्नु भएको थियो ।

कीर्तिपुर पांगा निवासी गायक सतीश महर्जनले करिब चार दशक भन्दा बढि समय सांगितिक क्षेत्रमा लागि रहनु भएका महर्जनले नेपालभाषा व नेपालीभाषाका गीतहरु गाएर दर्शकको मन जितेको कार्यक्रममा गायन क्षेत्रमा दिनु भएको योगदानको उच्च सम्मान स्वरुप नेपाल कला–संस्कृति उत्थान समाजले उनलाइ रु. ५० हजार चेक सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन सञ्चारकर्मी एवम् पत्रकार ललेन्द्र शाक्यले कार्यक्रम सञ्चालन गरेको थियो ।

कमेन्टहरु