नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

रासस


काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।
विसं १९९० को भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न गरी आज शुभारम्भ गरिएको हो । नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पुजिन्छ ।
यसबिचमा ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको उनले जानकारी दिए । एघार वर्षअघिका भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख डङ्गोलले संरक्षणका काम गरिनुपर्नेमा जोड दिए ।
महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताइ । मन्दिरका माध्यमबाट बाजागाजा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने वातावरण बनेको पनि उनले सुनाए ।
नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिएको उल्लेख गर्दै वडाध्यक्ष सङ्गतले पशुपति क्षेत्रका ग्वल नवाली टोलमा पुर्खाले जात्रा, पर्व, संस्कृति संरक्षणका लागि नित्यनाथ मन्दिर बनाएको बताए । त्यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकालय पनि भूकम्पले भत्किएकामा त्यसलाई पुनर्निर्माण गरी हस्तान्तरण गरिने प्रतिबद्धता पनि उनले जनाए ।
महानगरपालिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगर क्षेत्रका मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट धेरै काम भएको बताए । यस्ता कामलाई आगामी दिनमा निरन्तरता दिइने पनि उनको प्रतिबद्धता थियो ।
ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यस वर्षको ज्यापू दिवसका अवसरमा आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट नै शोभायात्रा गरी वसन्तपुर पुगेर विशेष सभा गर्ने गरी तयारी भएको जानकारी गराए ।
सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार सङ्गत र सचिव सुजन सङ्गतलगायतले सङ्गीत संस्कृति पुस्तान्तरणको काम गर्न सहयोगी हुनेगरी नित्यनाथ मन्दिर पुनर्निर्माण भएको बताउनुभयो । दाफा भजन, यस क्षेत्रमा लोप हुन लागेका बाजागाजाको संरक्षणका लागि पनि नित्यनाथ मन्दिरबाट सहयोग पुग्ने उनको भनाइ थियो ।
सो अवसरमा मन्दिर पुनर्निर्माणका लागि नक्सा ड्रइङ, डिजाइन गरी सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राई र पुनर्निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न वडाध्यक्ष सङ्गतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मौलिक बाजागाजा र नृत्य सिक्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
अरुपनि पढ्नुहोस
सबै
पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
















